मुख्य समाचार

अब काेरिया ले सीप परिक्षण गरेर मात्र नेपाली कामदार लाने

सिन्धुली साउन ८गते 

नेपाली कामदार ‘डिप्रेसन र रोजगारदाता परिवर्तन गर्ने क्रम बढेपछि कोरियाली सरकारले सीप परीक्षण गरेर मात्रै नयाँ कामदार लिने भएको छ। स्नातक र स्नातकोत्तर उत्तीर्ण कामदार कोरिया गएपछि डिप्रेसनको सिकार हुने गरेको पाइएकाले सीपलाई प्राथमिकता दिएर कामदार लिने नीति लिएको हो।


कोरियाले सन् २०२० जनवरी १ देखि लैजाने नेपाली कामदारको सीप परीक्षण गर्ने भएको छ।  गत जुन ८ र ९ को भाषा परीक्षामा उत्तीर्ण भएका १२ हजार ९ जना सीप परीक्षणमा सहभागी हुनुपर्नेछ। यसका लागि नोभेम्बर २० मा परीक्षा तय भएको छ । ‘



कोरियालाई मसल भएका सीपयुक्त जनशक्ति चाहिएको हो,’ वैदेशिक रोजगार विभाग, कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले भने, ‘पढेलेखेकाहरू भाषा परीक्षामा पास भएपछि रोजगारदाता परिवर्तन गर्ने र डिप्रेसनमा पर्ने समस्या भयो।

No comments