मुख्य समाचार

नेपाल कतार सग टि २० बिश्व कप क्रिकेट मा पराजित


सिन्धुली साउन ७गते 
सिङ्गापुरमा सञ्चालन भइरहेको टी-२० विश्वकप क्रिकेट छनौटको एशियाली प्रतियोगितामा कतारले नेपाललाई हराएको छ। कमजोर मानिएको कतारले शीर्ष वरीयतामा रहेको नेपाललाई चार विकेटले पराजित गरेको हो। नेपालले पहिले ब्याटिङ गरेर १२२ रन बनाएको थियो। 


यो लक्ष्य कतारले चार बल अगाडि छ विकेट गुमाएर पुरा गरेको हो। प्रतियोगिताको विजेता टी-२० विश्वकप छनौटको अन्तिम चरणमा खेल्न पाउने भएकोले यो प्रतियोगिता महत्वपूर्ण रहेको छ। नेपाललाई युवा क्रिकेटमा अर्को उपाधि बीबीसी स्पोर्टका पाठकले छानेको विश्व ११ क्रिकेट टोली छोरा विश्व च्याम्पियन बन्दा पिता आलोचित पहिलो पराजय टी-२० को विश्व वरीयतामा नेपाल ११ औँ स्थानमा छ भने कतार २१ औँ स्थानमा रहेको छ। प्रतियोगिताको पहिलो दिन सिङ्गापुरसँग हारेको कतारमा अधिकांश दक्षिण एशियाली मूलका खेलाडीहरू छन्। कतारले अन्तिम ओभरको दोस्रो बलमा ललितनारायण राजवंशीलाई चौका हान्दै जित हात पारेको हो। 



 शुरूवाती ब्याट्सम्यानहरूले रन बनाएपछि कतार सहज विजयतिर उन्मुख भएको थियो। कतारका ४० वर्षीय इनाम उल हकले ३२ बलमा छ चौकाको मदतले ४१ रन जोडेका थिए। चौधौँ ओभरमा उनलाई दिपेन्द्र सिंह ऐरी र विनोद भण्डारीले रन आउट गरेपछि खेल प्रतिस्पर्धात्मक स्थितिमा फर्किए जस्तो देखिएको थियो। तर नेपाली बलिङ तीखो हुन नसक्दा नेपालले जित्न सकेन्। कतारको विजयमा कामरन खानले २२ रन बनाएका थिए। नेपालको सबैभन्दा सफल बलर सन्दीप लामिछाने रहे।


 उनले तीन विकेट लिए। कमजोर ब्याटिङ यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले १२२ रनको सामान्य लक्ष्य बनाएको थियो। कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले प्रारम्भिक ब्याटिङ सम्हालेका थिए। 



 यो जोडीले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे, जुन टी-२० मा नेपालको सबैभन्दा राम्रो प्रारम्भिक साझेदारी हो। खड्काले २८ रन जोडे भने मल्लले २३ रन बनाए। चोटबाट फर्केका दीपेन्द्रसिंह ऐरीले टोलीका लागि सर्वाधिक ३४ रन जोडे। मध्यक्रमका शरद भेषावकरले सात रन बनाए।

No comments