नेपाल फिफा वरियता मा एक स्थान तल झर्यो
सिन्धुली साउन ९गते
फिफा वरियतामा नेपाल १ स्थान तल झरेको छ । बिहीबार सार्वजनिक भएको नयाँ वरियतामा नेपाल १ स्थान तल झरेर १ सय ६६ औं स्थानमा पुगेको हो । गत महिना सार्वजनिक भएको वरियतामा नेपाल १ सय ६५ औं स्थानमा रहेको थियो । दक्षिण एशियामा भारत सबैभन्दामाथि र पाकिस्तान सबैभन्दा तल रहेका छन् ।
भारत १ सय ३ औं स्थानमा तथा नेपाल भन्दामाथि रहेको अफगानिस्तान १ सय ४९औं र माल्दिभ्स १ सय ५२ औं स्थानमा छन् । बंगलादेश १ सय ८२ औं, भुटान १ सय ८६ औं, श्रीलङका २०० औं तथा पाकिस्तान २ सय ४ औं स्थानमा छन् ।
तालिकाको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । ब्राजिलले एक स्थान सुधार गर्दै दोश्रो स्थानमा उक्लिएको छ । फ्रान्स, इङल्याण्ड र उरुग्वे क्रमश तेश्रो, चौथो र पाँचौ स्थानमा छन् । अर्जेन्टिना १० औं स्थानमा छ ।



No comments