मुख्य समाचार

पेट्रोल डिजेल मट्टीतेल काे भाउ मा वृद्धि ग्यास मा २५रूपयाँ घटयाे


सिन्धुली साउन २१गते 

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी ग्यासको मूल्य घटाउने निर्णय गरेको प्रवक्ता वीरेन्द्र गोइतले बताए । गोइतका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल तथा मट्टितेलमा ५० पैसा बढेको छ । 


 ‘भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार समायोजन गर्दा ग्यासको मूल्य घटे पनि पेट्रोल, डिजेलमा बढेको छ,’ प्रवक्ता गोइतले भने। नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय ९ रुपैयाँ, डिजेल/मट्टितेल प्रतिलिटर ९७/९७ रुपैयाँ पर्ने निगमले जनाएको छ। खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ७५ रुपैयाँ कायम भएको छ। निगमले हवाई इन्धनको मूल्य भने यथावत राखेको छ।

No comments