मुख्य समाचार

रवि लामिछाने लाई अनुसन्धान काे लागि थप पाँच दिन थुनामा राख्न आदेश


सिन्धुली भदौ ३गते 

जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनजनालाई थप ५ दिन थुनामा राख्न अनुमति दिएकोछ।  रविको पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले तीनैजनालाई थप पाँच दिन थुनामै राख्न अदालतले प्रहरीलाई अनुमति दिएको जानकारी दिए। 


 यसअघि चितवन  अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले लामिछानेलाई अनुसन्धानका लागि बिहीबारदेखि लागू हुनेगरी ५ दिन थुनामा राख्‍न प्रहरीलाई अनुमति दिएको थियो । यो पटक पनि रविलाई थप पाँच थुनामै राख्ने आदेश भएको हो ।  मुलुकी फौजदारी संहिता अन्तर्गत आत्महत्यामा दुरुत्साहन गरेको कसुरमा लामिछाने अनुसन्धानका लागि पक्राउ परेका थिए। पुडासैनीले आत्महत्याअघि खिचेको भिडियोमा लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीको नाम लिएका थिए। 


 गत बिहीबार काठमाडौंबाट पक्राउ गरेर लामिछानेसहित तीनैलाई चितवन लगिएको थियो। चितवनको नारायणढस्थित पोखरा बसपार्कस्थित होटेल कंगारुमा पुडासैनी साउन २० गते झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। त्यसपछि पुडासैनीका परिवारले रविसहित तीनैविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। 

No comments