सिन्धुली काे तिनपाटन गाउँपालिका मा सुत्केरी लाई पाँच हजार भत्ता र नि:शुल्क एम्बुलेन्स सेवा
सिन्धुली भदौ ४गते
सिन्धुली काे तिनपाटन गाउँपालिका मा अहिले स्वास्थ चाैकि मा सुत्केरी गर्ने महिला लाई पाँच हजार भत्ता दिन थालिएको छ।नेपाल सरकार ले दियकाे सुत्केरी भत्ता मा गाउँ पालिका ले थपेर अहिले सुत्केरी महिला लाई पाँच हजार प्रत्साहन भत्ता दिने गरेकाे गाउँपालिका काे उपाध्यक्ष पदममाया तामाङ ले बताउनु भयो।
यसरी भत्ता लिन स्वास्थ चाैकि मा चार पटक सम्म जचाँउनु पर्ने छ भने स्वास्थ चाैकि मा सुत्केरी गराउनु पर्ने छ ।गर्व वति महिला ले नियमित जाँच बच्चा काे विभिन्न किसिम काे खाेप लगाउनु पर्ने ,जुका काे अाैषधि खुलाउने गर्ववति महिला ले अाईरन चक्की खानु पर्ने छ भने जन्मेको बच्चा लाई नियमित स्वास्थ जाँच गराउनु पर्ने र ३५दिन भित्र बच्चा काे जन्म दर्ता गर्नु पर्ने छ ।
वर्ड भिजन इन्टरनेशनल काे आर्थिक सयाेग मा गर्व वति महिला काे स्वास्थ जाँच गर्न स्वास्थ चाैकि सम्म जान अाउन नि:शुल्क एम्बुलेन्स सेवा दिने गरेको छ। यसरि पायकाे भत्ता बच्चा काे हेरचाह र पाेषण मा खर्च गर्ने गरेकाे महिला हरूले बताए ।



No comments