रवि लामिछाने सहित तिननै जाना काे अदालत मा बयान सुरू अपडेट
सिन्धुली भदौ ८गते
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा सरकारी वकिलको कार्यालयले रवि लामिछानेसहित ३ जनालाई आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएको छ । पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टिभी कार्यक्रम सञ्चालक लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथि आइतबार मुद्दा दायर गरिएको जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।
गिरिका अनुसार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा अभियुक्तहरुको बयान सुरु भएको छ। बयान सकिएपछि थुनछेक बहस सुरु हुने उनले बताए।
जिल्ला प्रहरी कार्यालय चितवनलेअनुसन्धान सकेर आफ्नो रायसहित फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा आइतबार दिउँसो बुझाएको थियो। पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टिभी कार्यक्रम सञ्चालक रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनले १० दिन अघि पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो। प्रहरीले आइतबार नै अनुसन्धान सकेर आफ्नो रायसहित फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।
तीनैजनालाई हिरासतमा राखेर अनुसन्धान गर्न चितवन प्रहरीले जिल्ला अदालतबाट पाएको अनुमतिको समय शनिबार सकिएको छ।
अभियोग पत्रमा प्रहरी हिरासतमा रहेका रवि लगायत कसलाई के अभियोग लगाइएको छ भन्ने खुलाइएको छैन। रविसहित तीनैजनालाई प्रहरीले जिल्ला अदालत पुर्याइसकेको छ।
मुद्दा दायर भएपछि अदालतमा अभियुक्तलाई साधरण तारेख, धरौटी वा थुनामा राख्ने भन्ने विषयमा थुनछेक बहस हुने गर्दछ। यस्तो बहस एक दिनमा नसकिने अवस्था पनि रहन्छ।
मुद्दा दायर भएपछि पक्ष विपक्षका कानुन व्यवसायीहरुको बहस सुनेपछि मात्रै न्यायाधीशले पुर्पक्षका लागि अभियुक्तलाई थुनामा राख्ने वा तारेखमा छाड्ने भन्ने आदेश दिने गर्दछन्। यसरी मुद्दा दायर भएपछि सामान्यतया दुई वर्षभित्र अभियुक्तहरु दोषि वा निर्दोष के हुन् भन्ने फैसला अदालतले गर्छ।




No comments