साउन २०गते नाग काे दर्शन गरि राशिफल हेर्नुस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । ईर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ । तर आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
स्वास्थ्यमा ध्यान पुर्याउनुहोला । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ । नसोचेको ठाउँबाट धनमाल आर्जन हुने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मेहनतले जीवन शैलीमा परिवर्तन ल्याउन सक्छ । आलोचकहरू बढ्नेछन् भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ । भेटघाटले पूर्वाध रमाइलो हुनेछ । धन कमाउने अवसर पनि मिल्ने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनुहोला । पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अप्ठ्यारा कामको बोझ थपिन सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वास गर्दा धोका पाइएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ । रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अध्ययनमा पछि परिने योग भएकाले सावधान रहनुहोला । प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्, गोपनीयतामा ध्यान दिनुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बोलीको प्रभावले फाइदा उठाउन सकिनेछ । मेहनतले धेरै काम बनाउन सकिनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।




No comments