कुशेश्र्वर मा साउने साेमवार काे दर्शन गर्ने भक्तजन काे भिड
सिन्धुली साउन २७गते नवराज प्रसाई
साउन साेमबार दुम्जा मा रहेकाे कुशेश्वर महादेव मन्दिरमा साउने साेमबार दर्शन गर्न अाउने भक्तजन काे विहानै देखि घुइँचो छ ।
सिन्धुली जिल्लाकाे सुनकाेशी गाउँपालिका वडा नम्बर १ मा रहेकाे कुशेश्वर महादेव मन्दिर सुनकाेशी नदी तटमा रहेकाे दुर्गा तीर्थमा स्नान गर्नाले पाप तथा पितृमाेक्ष हुने हिमवतखण्डमा उल्लेख गरिएकाे छ ।
साउने साेमबार मात्र नभइ साे मन्दिरमा नेपाल, भारतलगायत स्थानबाट हजाराैँ दर्शनार्थी भक्तजन अाउने गरेका छन् । शनिबारका दिन पिकनिक मनाउन जानेकाे समेत कुशेश्वर वरपर घुइँचाे लाग्ने गरेकाे छ ।
मन्दिर मा खुर्काेट, सिन्धुली, सर्लाही, रामेछाप,काभ्रे राजधानी दाेलखा जनकपुर र तराई का धैैरैै जिल्ला बाट दर्शन गर्न आउने गरेकाे छ।





No comments