सिन्धुली मा फाैजि किराले मकै बालि नष्ट पारेपछि किसान चिन्तित
सिन्धुली भदौ १७गते
सिन्धुली मा अमेरिकन फौजी किराले मकै बाली नष्ट पार्न थालेपछि किसान चिन्तित भएका छन्। सयौँ बिगहामा लगाएको मकैवाली फौजी किराले नष्ट पार्न थालेपछि किसान चिन्तित बनेका हुन्। जिल्लाको सुनकाेसि,फिक्कल ,गोलान्जोर ,गाउपालिका काे , बिभिन्न ठाउँमा मकैखेती गर्दै आएका किसानको सयाैं राेपनि क्षेत्रफलमा लगाइएको मकै फौजी किराले खाएर नष्ट पारेको स्थानीय ले जानकारी दिए।
यसरी किराको प्रकोपले मकैबाली सखाप पार्न थालेपछि एग्रोभेटबाट किनेर लगेको बिषादीले किरा नमाेरेकाे पिडित किसान ले बताएको छ । यसपालि मकै लगाउन ढिलाे भयकाे ले यसरी मकैको सबै पात किराले खाएर बिरुवा ठुटो बनायो, किरा मार्ने बिषादी तीन पटक लगाइसके पनि किरा मर्दैन झन प्रकोप बढ्दै गएय किसान ले बतायका छन । कृषि विज्ञ काे अनुसार रातको समयमा किरा सक्रिय हुनेगरेकाे छ।
मकै वालि नष्ट पारेपछि नेपाल कृषि अनुसन्धान परिषद् ले प्रभावित क्षेत्रमा अनुगमन गरेकाे थियोे ।अनुगमन गरे पनि न किसान ले किरा राेकने अाैषधि पायका छन न राहत नै पायका छन नत कुनै निकायले प्रभावित क्षेत्रमा राेक थाम काे लागि प्रभावकारि पहल नै गरेका छन सम्धीत निकायले ध्यान दिन जरुरी छ।





No comments