मुख्य समाचार

साग पुरूष फुटबल मा भुटान लाई हराउदै नेपाल च्याम्पियन


सिन्धुली मङ्सिर २५गते 
पुरुष फुटबलमा भुटानलाई २-१ गोल अन्तरले हराउँदै नेपाल चौथो पटक साग च्याम्पियन बनेको छ । भूकम्पपछि पुनर्निर्माण गरिएको दशरथ रंगशालामा नेपालले मंगलबार नतिजा पक्षमा ल्याउन सफल भएको हो । नेपालको जितका लागि अभिषेक रिजाल र सुनिल बलले १/१ गोलको योगदान गरे ।खेलको १६ औँ मिनेटमा अभिषेकले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

त्यसपछिभुटानका कप्तान चेन्चो ग्यालसेनले ३६औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । फेरि नेपालका तर्फबाट ५३औँ मिनेटमा सुनिलले अर्को थपेपछि नेपाल जितको अवस्थामा पुगेको थियो ।
जितसँगै नेपालले सागमा ५१ वटा स्वर्ण जितेको छ ।

No comments