गायक रामकृष्ण ढकाल काे सम्बन्ध बिच्छेद
सिन्धुली पाैष ९गते
गायक रामकृष्ण ढकाल र निलम शाहबीच सम्बन्ध बिच्छेद भएको छ । बुधबार जिल्ला अदालत काठमाडौंमा उनीहरुले सम्बन्ध विच्छेद गरेका हुन् ।
यो जोडीले मंगलबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गरेको थियो ।
निलमले ढकालबाट कुनै पनि प्रकारको अंश तथा मानाचामल नलिने र छोरी भने आफैले राख्ने गरी (मिलापत्रमा) सम्बन्ध बिच्छेद गरेकी हुन् ।
विगत केही समयदेखि यस जोडीको सम्बन्धमा चिसोपन देखिएको थियो ।



No comments