मुख्य समाचार

गंगा माया अधिकार ले अनसन ताेडे

सिन्धुली असार २९:
छोराको हत्यारालाई कारबाही गर्नु पर्ने माग राखी पटकपटक अनशन बस्दै आएकी गंगामाया अधिकारीले पछिल्लो पटकको सत्याग्रह ४६ औं दिनमा शुक्रबार तोडेकी छन् । सरकारले उनीसँग पहिले गरेका सम्झौताहरु अब व्यवहारमै लागू गर्ने कागज गरेपछि उनले अपरान्ह ६ बजे राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको हातबाट जुस पिएकी हुन।
यो अनशन मैले तोडेको होइन, स्थगित गरेको हो,’ वीर अस्पतालको सघन उपचार कक्षामा राखिएकी गंगामायाले सम्झौताको लिखत बोकेर पुगेका कानून मन्त्री शेरबहादुर तामाङ, जुस पिलाउन पुगेका आयोगका अध्यक्ष शर्मा, मानवअधिकारवादीहरु तथा सञ्चारकर्मीका अघिल्तिर कागजमा हस्ताक्षर गर्नुअघि भनिन्, ‘।
सरकारले यसअघि पनि दर्जनभन्दा बढीपटक वाचा गर्ने तर पुरा नगर्ने गरेर मलाई छक्याएको हुनाले अब चाहिँ त्यसो नहोस् भनेर दश दिनको समय दिएकी छु। दश दिनभित्र वाचा गरेका काम पुरा नभए म फेरि बस्छु र प्राणै त्याग्छु।’ हत्यारालाई काबारही गरिपाऊँ भन्ने सामान्य माग राख्दा पनि सरकारले नसुनेकाले आफ्नो पतिको ज्यानै गएको।
बाँचेको जेठो छोरा पनि बेपत्ता हुन पुगेको र घरबारी नै कब्जामा परेको घटना सम्झँदै उनले थपिन्, ‘म जिउँदै धेरै पटक मरिसकेँ, यो जुस खुवाएर गरेको झुठो वाचाले पनि मलाई पटकपटक मारिसक्यो। तपाईं मानवअधिकारवादीहरुको अनुरोधलाई हार्न नसकेर आज अन्तिम मौका म दिँदैछु, फेरिपनि माग पुरा नभए अब मलाई ज्यान बचाउ भनेर भन्न कोही आउनु पर्दैन।

No comments