मुस्ताङ काे गुफा मा भेटियकाे कंकाल २५सय बर्ष पुरानो
सिन्धुली असार ३०:
नेपाली र जर्मन पुरातत्त्वविद्हरूले दुई दशकअघि मुस्ताङकाे एउटा गुफामा भेटेकाे नवजात शिशुकाे कंकाल २५ सय वर्ष पुरानाे रहेकाे जनाइएकाे छ । सन् १९९०-९४ काे अासपासमा भेटिएकाे उक्त प्राचीन नरकङ्कालकाे वैज्ञानिक परीक्षणपछि २५ सय वर्ष पुरानाे रहेकाे तथ्य उजागर भएकाे हाे ।
वैज्ञानिक अध्ययनपछि साे कंकाल २५ सय वर्ष पुरानो ‘ममी’ अर्थात् ‘परिरक्षित’ शरीर भएको पत्ता लागेकाे हाे । मुस्ताङकाे मेब्राकस्थित गुफामा साे कंकाल फेला परेकाे थियाे । साे गुफा प्राचीन कालमा मानवका शवहरू विसर्जन गर्नमा प्रयाेग गरिन्थ्याे भन्ने तथ्य समेत खुलेकाे छ । पुरातात्विक महत्वकाे यस कंकाललार्इ अहिले बाकसभित्र सुरक्षित राखिएकाे जनाइएकाे छ ।


No comments