असार २७गते शुक्रबार काे राशी फल हेर्नुस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
परिवारसँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि सम्भावना छ, संगीत सिक्नमा मन जाला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ, मिष्ठान्न भोजनको योेग रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मनमा रहेको डर हटेर काममा उत्साह बड्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला, दिन सामान्य नै छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
धेरै श्रम गरेपनि कामको कम मूल्याङ्कन हुनेछ । भएको आम्दानी र सञ्चित रकम पनि खर्च गर्नुपर्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
खर्च बढने र स्वास्थय कम्जोर भइ काममा अवरोध आउनेछ । कुराकाटनेहरु बढनेछन सावधान रहनु होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । काम र व्यापारमा पनि फाइदा हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पति पत्नीबीच घरसल्लाह नमिल्न सक्छ साथै आर्थिक संकट पनि होला विचार पुर्याउनु भए बेश होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि बढ्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ, आफन्तुसंग भेटघाट होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक तथा ब्यापारिक कामकाजमा फाइदा होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय पनि छ होस पुर्याउनु होला ।




No comments