मुख्य समाचार

सामुदायिक प्रहरी र कमलामाई नगरपालिका काे साझेदारिमा समिति सिसि क्यामरा जडान

सिन्धुली कात्तिक १६:

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको जिल्ला समिति र पालिका समिति गठन भएको छ । जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख शंकररार्ज बर्माको अध्यक्षतामा बसेको बैठकले प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालको संयोजकत्वमा समुदाय प्रहरी जिल्ला समितिको सह सयोजकमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादव सदस्य सचिवमा जिल्ला प्रहरी कार्यालय, परिसर, सामुदायिक सम्पर्क अधिकृत, जिल्लाका सरकारी निकायका प्रमुखहरु जिल्ला स्तरिय सघं सस्थाका प्रमुख तथा प्रतिनिधि, र नागरिक समाजका प्रतिनिधिहरु सहितको समिति गठन गरेको छ ।




यस्तै कमलामाई नगरपालिकाका प्रमुख खडक बहादुर खत्रीको संयोजकत्वमा समुदाय प्रहरी पालिका समिति गठन भएको छ । जसको सह सयोजकत्वमा कमलामाई नगरपालिका उपप्रमुख मन्जु देवकोटा जिल्ला प्रहरी प्रमुखले तोकेको सिनियर प्र्रहरी अधिकृत सह संयोजक रहने निर्णण भएको छ । यस्तै स्थानीय प्रहरी इकाई प्रमुख सदस्य सचिव रहने र अन्य पालिका स्तरिय सघंसस्थाका प्रमुख तथा प्रतिनिधि र नागरिक समाजका प्रतिनिधि सदस्य रहने निणर्य भएको छ ।



शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा हर प्रहर गाँउ र नगर टोलटोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ यही कात्तिक ११ गते बाट सिन्धुलीसहित देशभर सामुदायिक प्रहरी साझेदार कार्यक्तम सुरु भएको छ । सोही कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन लागि समुदाय पहरी जिल्ला समिति र समुदाय प्रहरीपालिका समिति गठन गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख तथा प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादवले बताए ।




सिन्धुलीमा हुने सक्ने अपराध रोकथाममा समुदायमा शान्ती र सुरक्षाका लागि आफुहरु लागि पर्ने पनि बताए । सिसिटिभि जडान गर्नका लागि कमलामाई नगरपालिकाका सिन्धुली प्लान इन्टर नेशनल नेपाल सिन्धुली, रिलिफनेपाल सिन्धुली उद्योग वाण्ज्यि सघं सिन्धुली र सामुदायिक विकास कार्यक्तम सिन्धुलीले सहयोग गर्ने घोषणा गरेका छन्, नगरमा हुन सक्ने अपराध नियन्त्रणका लागि जडान गर्न लागिएको सीसी टिभिका लागि अन्य सघं सस्था र व्यक्तिलाई पनि सहयोग गर्न जिल्ला प्रशासन र कमलामाई नगरपालिकाले जनाएको छ ।

No comments