मुख्य समाचार

असार २६गते विहिवार काे राशिफल हेर्नुस्

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । 


  वृषः इ उ ए ओ वा वी वु वे वो हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगति होला । 



 मिथुन: का कि कु घ ङ छ के को हा दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । 



) कर्कटः ही हु हे हो डा डि डु डे डो दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो रोगले पनि सताउन सक्छ । 



 सिंहः मा मि मू मे मो टा टी टु टे कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । 



 कन्याः टो प पी पु ष ण ठ पे मो बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । वितादि लाभ पनि प्राप्त होला । 




 तुलाः र री रु रे रो ता ती तू ते पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । 




 वृश्चिकः तो ना नी नू ने नो या यि यु मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ । 




धनुः य यो भा भी भू ध फा ढ भे जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ। व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । 




) मकरः जो जा जी खी खू खे खो गा गी ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । 



 कुम्भः गू गे गो सा सी सु से सो द शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।




 मीन: दि दू थ भ ञ दे दो चा ची सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरू सँग मित्रता बढ्नेछ । 

No comments