खाल्टो मा जमेकाे पानी मा ढुबदा सर्लाही मा एक बालक काे मृत्यु
सिन्धुली साउन ७गते
लालबन्दीमा खाल्टोमा जमेको पानीमा डुबेर सोमबार राति एक बालकको मृत्यु भएको छ।
लालबन्दि नगरपालिका–२ (सि) टोल पुनर्वास बस्ने संजय पासवानको १० वर्षीय छोरा आशिष पासवानको पानीमा डुबेर मृत्यु भएको हो।
गाउँ नजिकै रहेको सूर्या इँटाभट्टाको लागि माटो निकाल्दा बनेको खाल्टोमा जमेको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पछिल्लो समय खेल्ने क्रममा खाल्टोमा जमेको पानीमा डुबेर बालकहरुको मृत्यु हुने क्रम बढेको छ। एक साताअघि मात्र कौडेना गाउँपालिकामा वर्षाको पानी जमेको खाल्टोमा डुबेर २ वर्षे बालकको मृत्यु भएको थियो।



No comments