मुख्य समाचार

स्कुल बस मा लागुअाैषध र नेपाली नक्कली नाेट सहित चालक पक्राउ


सिन्धुली साउन ११गते 

कपिलवस्तुमा एउटा नीजि विद्यालयको बसबाट प्रहरीले लागुऔषध र नेपाली नक्कली नोट बरामद गरेको छ । शुक्रबार बिहान मायादेवी गाउँपालिका–४ चाकरचौडामा लु१क १५५४ नम्बरको बसमा विशेष सूचनाको आधारमा खानतलासी गर्दा लागुऔषध र नेपाली नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ । 



उक्त बस पिस ग्लोबल इंग्लिश बोर्डिङ स्कूलको रहेको प्रहरीको भनाइ छ । सादा पोशाकमा खटिएको प्रहरी टोलीले उक्त बस चेकजाँच गर्ने क्रममा बसको टुलबक्सबाट १० पोका खैरो रङको हिरोईनजस्तो देखिने लागुऔषध र नेपाली ५०० दर को एउटै नम्बर (घ ६१/६८१३६३) को ८८ थान नक्कली नेपाली रुपैयाँ बरामद भएको हो । चालक २६ वर्षीय देउकीनन्दन कसौधनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक दीप समशेर जबराले जानकारी दिएका छन्

No comments