मुख्य समाचार

साउन १३गते साेमबार काे राशिफल हेर्नुस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – नयाँ काममा हात हाल्ने समय छ । साथै, धार्मिक र सामाजिक काममा समय बित्नेछ । 

 बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनु होला ।


 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – सन्तानबाट सन्तोष प्राप्त हुनेछ । साथीहरू सित मनोरञ्जन गर्ने अवसर जुर्नेछ ।


 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । ब्यापारमा सफलता पाइएला । 



 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला ।



 कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ ।



 तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – नयाँ काममा हात हाल्ने समय छ । यात्राको अवसर पनि मिल्न सक्छ । धनको लाभ पनि होला ।



 बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको सङ्केत मिल्नेछ । 



 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । मान सम्मान र प्रतिष्ठा बढ्नेछ । 



 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – कामको बोझले थाकेको महसुस होला । घर गृहस्थीमा भने समस्या आउन सक्छ । 



 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ ।



 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । वादविवाद होला होसियार रहनु होला ।

No comments