साउन १८गते शनिबार काे राशिफल हेर्नुस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ । रमाइलो जमघटले आनन्द दिलाउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ । केही बाध्यतापूर्ण काममा जुट्नुपर्ला । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ । मनग्य धन आर्जन हुने समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । तर अरूका काममा समय खर्चनुपर्ला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुख पाइनेछ । अरूको भरपर्दा धोका पाइएला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मनग्य धन तथा भौतिक वस्तु लाभ हुने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् ।




No comments