दिदी सासू बलात्कार गर्ने ज्वाई पक्राउ
सिन्धुली साउन १७गते
सल्यानमा दिदी सासूलाई बलत्कार गरेको आरोपमा ज्वाइँलाई प्रहरी पक्राउ गरेको छ। ५२ वर्षीया दिदी सासूलाई बलत्कार गरेको आरोपमा ४२ वर्षीय ज्वाइँलाई पक्राउ गरिएको इलाका प्रहरी लुहामले जनाएको छ।
कपुरकोट गाउँपालिका वडा न ५ रिम निवासी बोल्न नसक्ने सासूलाई मंगलबार घरमा कोही नभएको मौका पारी बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लुहामका प्रमुख नरबहादुर खड्काले जानकारी दिए।
माइतीमा बस्दै आएकी सासूलाई कोही नभएको मौका पारी बलात्कार गरेको स्थानीयले थाहा पाएपछि आफन्त र प्रहरीलाई खबर गरेका थिए। पीडित सासूको सल्यान अस्पताल खलंगामा स्वास्थ्य परीक्षण गरिएको छ। पक्राउ परेका व्यक्तिको विवरण गोप्य राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



No comments