मुख्य समाचार

भदौ १३गते काे राशिफल हेर्नुस्

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ ।


 वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ ।



 मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ ।


 कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) सरसापटमा धन खर्च हुने समय छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । 



 सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ 



 कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन् ।



 तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने मौका छ ।



 वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् ।



 धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला ।  


मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) पठन पाठनमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । 



 कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला ।



 मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पति पत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ ।

No comments