मन्त्री काे गाडि परे ट्राफिक कारबाही मा
सिन्धुली भदौ ११गते
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको छ । बानेश्वर क्षेत्रमा जथाभावी पार्किङ गरेर राखिएको अवस्थामा मन्त्रीको गाडी कारबाहीमा परेको हो ।
गाडी पार्किङ निषेधित गरिएको फुटपाथमा रोकिराखेको अवस्थामा ट्राफिक प्रहरीले ह्वील लक लगाएको थियो । कारबाहीमा परेको झण्डावाला गाडी बा २ झ ४८६२ नम्बरको छ ।
ट्राफिक प्रहरीले एक हजार रुपैयाँ जरिवाना गरेर छाडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । जानकारी अनुसार गाडीमा भने मन्त्री नभएको अवस्थामा कारबाहीमा परेको जनाइएको छ ।



No comments