सिन्धुली काे खुर्कोट नयाँ शहर बनाउने भने पनि काम ले गति लिन सकेन
सिन्धुली भदौ ९गते
सरकारले मध्यपहाडी लोकमार्गमा १० नयाँ सहर निर्माण गरिरहेको छ । २० वर्षमा प्रत्येक सहरमा एक लाख जनसंख्या बसाउने महत्त्वाकांक्षी योजनासाथ पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी–गल्छी, तनहुँको डुम्रे, बागलुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम, अछामको साँफेबगर र बैतडीको पाटनलाई नयाँ सहर घोषणा गरिएको हो ।
झन्डै एक दशकदेखि सरकारले प्रत्येक वर्ष एक अर्बभन्दा बढी रकम नयांँ सहरको भौतिक पूर्वाधार विकासका लागि विनियोजन गर्दै आएको छ । सहरमा शिक्षा, सडक, बिजुली, मनोरञ्जनलगायत व्यवस्था, भौतिक संरचनाको विकास गर्ने योजना छ ।

पहाडबाट तराईमा तीव्र बसाइँसराइ हुन थालेपछि सरकारले त्यसलाई रोक्न महत्त्वाकांक्षी योजना अघि सारेको हो ।
जमिनको उपलब्धता, आर्थिक विकासको सम्भाव्यता, बस्तीको स्थिति, जनसंख्या, यातायात सुगमतालगायत आधारमा ५ वर्षअघि सरकारले २० वर्षे गुरुयोजना प्रतिवेदन तयार गरी चरणबद्ध रूपमा सहर विकास गर्ने लक्ष्य राखेको हो ।सिन्धुलीको खुर्कोटमा पनि नयाँ सहर बनाउने भनिय पनि विकास काेे पुर्बधार भने निर्माण बन सकेको छैन अाधुनिक शहर बनाउने सरकार ले घाेषण गरेको छ।

No comments