भदौ २गते साेमवार काे राशिफल हेर्नुस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रतिस्पर्धामा विजयी भइनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अनावश्यक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ ।
मीन–
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मेहनत अनुसार फाइदा कमै होला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि हासिल नहोला ।




No comments