मुख्य समाचार

चिनियाँ युवक सग नेपाली युवती विहे गराई मानव तस्कर गर्ने गिराे पक्राउ


सिन्धुली भदौ १४गते 

चिनियाँ नागरिकसँग विवाहको प्रलोभन देखाएर नेपाली युवतीहरुलाई चीनमा तस्करी गर्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखनविरुद्धको ब्यूरोले चारजना युवतीको उद्धार गरेपछि विवाहको प्रलोभन दिएर चीनतर्फ महिला तस्करी हुने गरेको खुलासा भएको हो । पक्राउ पर्नेहरुमा चारजना चिनियाँ र ६ जना नेपाली गरी १० जना रहेका छन् । पक्राउ पर्ने नेपालीहरुमा सिन्धुपाल्चोककी रिना तामाङ भनिने बिबिरानी तामाङ, नुवाकोटका रोज तामाङ, लमजुङकी पार्वती गुरुङ, अमृता गुरुङ, भरत तामाङ र उषाकुमार घिमिरे रहेका छन् । 


 यस्तै, पक्राउ गरिएका चिनियाँहरुमा चेङ सियाङ तोङ, चाङ तोङहुई, ख्वान काङफिङ र छिन लियाङ रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट १२ ओटा मोबाइल, २२ लाख रुपैयाँ, दुई हजार ३०० युआन र १९० अमेरिकी डलर बरामद गरिएको पनि प्रहरीले जनाएको छ । पहिले नेपाली महिलालाई विवाहका लागि मनाउने, उनीहरु तयार भएपछि चीनमा बस्ने दलालमार्फत् बिहे गर्ने चिनियाँहरु नेपाल आउने र नेपालमा ‘कोर्ट म्यारिज’ गरेर लैजाने गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ । 



 पैसाको प्रलोभन दिएर युवतीका बाबु–आमाको पनि अनुमति लिने र पैसै खर्च गरेर अदालतमा साक्षीसमेत राख्ने गरिएको पनि खुलेको छ । तर, एकजना नेपाली युवती मिलाइदिएवापत् बिहे गर्ने चिनियाँबाट १० लाख रुपैयाँसम्म लिने गरिएको पाइएको पनि प्रहरीले जनाएको छ । उक्त रकममध्ये नेपाली दलाललाई दुई लाखसम्म, युवतीहरु राख्ने नेपाली दलाललाई ८० हजार र युवतीका परिवारलाई ५०–६० हजार रुपैयाँ दिने गरेको पनि खुलेको छ ।

No comments