माउन्टेन टिभि का पत्रकार काे हाेटल मा झुन्डिएको अवस्थामा रहस्यमय मृत्युु
सिन्धुली साउन २१गते
माउण्टेन टिभीमा कार्यारत पत्रकार शालिकराम सोमबार राति कोठाभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनी भरतपुर महानगरपालिकास्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुको २०२ नम्बर रुममा मृत फेला परेका हुन्।
उनको साथमा पत्रकार परिचय पत्र, सवारी चालक अनुमतिपत्र, नगद ५ हजार, २ वटा बैंकको एटिएम फेला परेको प्रहरीले बताएको छ। नुवाकोट विदुर नगरपालिका ३ घर भई हाल काठमाडौंमा टेलिभजन पत्रकारका रूपमा कार्यरत पुडासैनी सोमबार राति १०:१५ बजे उनी बसेकै रुममा मृत भेटिएका हुन्। माउन्टेन टिभीमा जानु अघिउनी न्युज २४ मा रवी लामिछानेसँगै काम गर्दै आएका थिए।




No comments