मुख्य समाचार

पशुपति मन्दिर क्षेत्र मा आधुनिक घुम्ती साैचालय थपियो


सिन्धुली भदौ ५गते 

पशुपति मन्दिर परिसर क्षेत्रमा पहिले नै पाँचवटा त्यस्ता शौचालय सञ्चालन भइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। सफा र व्यवस्थित शौचालय नभएको अवस्थामा दर्शनार्थीले समस्या भोग्दै आएका थिए। तर, यही समयमा थप यस्ता शौचालय सञ्चालनमा आएपछि राम्रो सन्देश बाहिर जाने विश्वास रहेको पशुपति विकास कोष स्रोतले बताएको छ। 


दर्शनका लागि आउने श्रद्धालु तथा अवलोकन गर्न आउने पाहुनाहरूको लागि व्यवस्थित शौचालयको अभावलाई ध्यानमा राखेर आधुनिक शौचालय सञ्चालनमा ल्याएको पशुपति क्षेत्र विकासका सदस्य सचिव डा. प्रदीप ढकालले बताए। उनका अनुसार परिसर क्षेत्रमा १९ वटा शौचालय छन्। पशुपति मन्दिर परिसरका लागि हाल पाँच वटा शौचालय थपिएको हो। 



सचिव ढकालले शौचालय सबै मन्दिर क्षेत्रमा प्रयोग गर्नको लागि ल्याएको नभई मन्दिर आसपासका क्षेत्रमा पनि प्रयोग गर्न ल्याएको बताए। 'अत्यावश्यक अवस्थामा मात्र प्रयोग गर्ने गरी पाहुनाको लागि मन्दिर क्षेत्रमा एउटा शौचालय विशेष दिनमा मात्र राखिनेछ' उनले भने।  सधैँ मन्दिर क्षेत्रमा शौचालय राख्दा समस्या आउने भएकाले अरू दिन बाहिर राखिने उनको भनाइ छ। थप शौचालय कहाँकहाँ राखिने भनेर छलफल भइरहेको र आवश्यकताअनुसार राखिने उनले प्रतिक्रिया दिए।

No comments