भदौ २२गते अाईतबार काे राशिफल हेर्नुस्
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )–
कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू पनि सजिलै बन्नेछन् ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )–
प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायमा लाभ लिने समय छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )–
अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । विशेष योजना गोप्य राख्नुहोला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )–
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )–
दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन् । समग्रमा दिन रमाइलो नै छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )–
आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )–
पहिलेका समस्या दोहोरिन सक्छन् । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुँदा मन खिन्न हुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )–
टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् । साथै अन्नको पनि लाभ होला ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )–
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )–
पढाइलेखाइमा पनि समय दिन नसकिएला । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।
टाढाको यात्राको पनि संम्भावना छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )–
समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ । विभिन्न अवसर जुटे पनि अरूलाई आश्वासन दिने बानीले दुःख पाइनेछ ।



No comments