मुख्य समाचार

नेपाल कुबेत सग ७गाेल ले पराजित


सिन्धुली भदौ २०गते 
२०२२ मा कतारमा हुने विश्वकप कप छनौंटको दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतसँग ७-० गोल अन्तरको लज्जास्पद हार बेहोरोको छ । शनिबार राति कुवेतले आफ्नै खेल मैदानमा नेपाललाई ० का बिरुद्ध ७ गोललले पराजित गर्न सफल भएकाे हो । कुवेतले पुरै खेल आफ्नो कब्जामा राखेको थियो । 


पहिलो हाफमा २-० गोलका अग्रता बनाएको कुवेतले दास्रो हाफमा ५ गोल थपेको थियो । जसमा खेलको छैटौं मिनेटमै कुवेतका युसुफ अल सलमानले पहिलो गोल गरेका थिए भने १३ औं मिनेटमा फाहाद अल हाजेरीले अर्को गोल गरेका थिए । त्यसैगरी खेलको ५० औं मिनेटमा सलमानले अर्को गोल थपे । त्यसको नौं मिनेटपछि अब्दुल्लाह मावीले कुवेतको तर्फबाट अर्को गोल गरेका थिए । 


यो खेलसँगै कुवेतले ४-० को अग्रता बनाउन सफल भयो । ६७ औं मिनेटमा बदर अल मतवाले अर्काे गोल गरे । त्यसपछि इन्ज्यूरी समयमा रेदा हानी र हुसेन अल मोसावीले थप एक एक गोल गरेपछि नेपाल ७-० गोलको फराकिलो अंकमा पराजित हुन पुगेको हो । यसअघि यो खेल नेपालमै हुने भनिएतापनि दशरथ रंगशाला पुनर्निर्माण नसकिएकाले गर्दा कुवेतमै खेल्नु पर्ने बाध्यता सिर्जना भएको थियो ।

No comments