जिग्री पाडे बले कक्राेज पुरानाेे टिम भद्रगोल बाट बाहिरियो
सिन्धुली भदौ २०गते
नेपाल टेलिभिजनमा निकै लोकप्रियता कमाएको हास्यटेलिशृंखला ‘भद्रगोल’ शुक्रबार रातिदेखि पुनः प्रसारण हुँदैछ ।
केही समयदेखि रोकिएको ‘भद्रगोल’ नयाँ संरचना र स्वरूपमा आउन लागेको हो ।
‘भद्रगोल’ मा अब कलाकार र कथावस्तु पनि नयाँ हुनेछ ।
नक्कली बाबुराम भट्टराई बनेर चर्चा कमाएका ज्योति काफ्लेले ‘भद्रगोल’को निर्देशन गर्ने भएका छन् ।
ज्योति काफ्ले र बाहुन डनका भुमिका रहेका अशोक धितालले संयुक्त रुपमा निर्देशन गर्न लागेका हुन् । कुमार कट्टेल जिग्री, अर्जुन घिमिरे पाण्डे ‘भद्रगोल’ टिमबाट बाहिरिएका छन् ।



No comments