मुख्य समाचार

चक्कु प्रहार गरि युवक काे हत्या


सिन्धुली साउन ३:

कैलालीको गौरीगंगा नगरपालिका–७ महुलियामा २७ वर्षीय मानबहादुर सोमैको चक्कु प्रहार गरी हत्या भएको छ । मसुरिया इलाका प्रहरी कार्यालयका सई धर्मानन्द जोशीका अनुसार बुधबार बेलुका स्थानीय रमेश बिकले मृतक सोमैको चक्कु प्रहार गरि हत्या गरेका हुन ।

विकको घरमा दुवैजना बीच बिवाद पछि झगडा हुदाँ बिकले चक्कुको प्रयोग गरेका थिए । ‘चक्कुले सोमैको छातीमा लागेर गम्भीर घाइते भएका थिए,’ सई जोशीले भने, ‘सेती अञ्चल अस्पतालमा मृत्यु भएको हो ।’ सई जोशीका अनुसार दुवै जना एकअर्काको साथी भएको र साउने संक्रान्तिको दिन दुवै जना बीच समान्य बिवाद भएको थियो । त्यँही बिवादलाई लिएर मृतक सोमैले बुधबार बेलुका बिकको घरमै आएर पुन: झगडा गरेका थिए ।

प्रहरीले बिकलाई पक्राउ गरिसकेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पछिल्ला दिनमा कैलालीमा अपराधिक घटनामा बृद्धि भइरहेको छ । केही दिन अघि गौरीगंगा नगरपालिका भित्रै एक सामुहिक बलत्कारको घटना समेत भएको थियो ।

No comments