मुख्य समाचार

डा: केसि लाई उपचारको लागि सरकारले ले काठमाडौं ल्याउने


सिन्धुली साउन ३गते :

जुम्लामा २० दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले काठमाडाैं ल्याउने तयारी गरिरहेकाे छ । डा. केसीकाे स्वास्थ्य अवस्था अत्यन्त नाजुक बन्दै गएपछि उनलार्इ थप उपचारका लागि काठमाडाैं ल्याउन लागिएकाे हाे । डा. केसी कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानकाे सघर उपचारकक्षमै अनशनमा छन् ।

बुधबार प्रतिष्ठानले उनको उपचारमा सीसीयू अनिवार्य भएको निष्कर्ष निकालेको थियाे । बुधबार नै सत्तारूढ दल नेकपाको अाकस्मिक बैठक बसेर डा. केसीका मागबारे छलफल गर्ने र उनलार्इ काठमाडौं ल्याउने निर्णय गरेको थियाे । डा. केसी चिकित्सा शिक्षा सुधारकाे माग गर्दै १५ अाैं पटक जुम्लामा अनशन बसेका हुन् ।

उनले विगतका सहमति अनुसार नै अध्यादेशकै अाधारमा विधेयक ल्याउनुपर्ने  अडान कायमै राखेका छन् । उनका प्रतिनिधिले सरकारले पठाएकाे वार्ता टाेली अस्वीकार गरी मन्त्रीस्तरमा मात्र वार्ता गर्ने बताइरहेका छन् ।

No comments