नायिका युना उप्रेती बनिन छाेरिकाे अामा
सिन्धुली मङ्सिर ९:
नेपाली फिल्मी क्षेत्रकी नायिका युना उप्रेती आमा बनेकी छिन् । हाल अमेरिकामा रहेकी युनाले सामाजिक संजाल फेसबुकमार्फत आफूले छोरी जन्माएको घोषणा गरेकी छिन् ।
उनले छोरीको फोटोसमेत पोष्ट गरेकी छिन् । आइतबार बिहानै उनले फेसबुक पोष्टमा लेखेकी छिन्, ‘हाम्रो परिवारको नयाँ सदस्यको आगमनमा निकै भाग्मानी महसुस गरिरहेका छौं ।
हाम्री छोरी सायरा नोभेम्बर २१ तारिख सन् २०१८ (मंसिर ५, २०७५) मा जन्मिएकी हुन् । सन् २०१८ को थ्यांक्सगिभिङको विकेन्डमा पाएको आशिर्वादका लागि हामी निकै आभारी छौं ।’ विगत पाँच वर्षदेखि अमेरिकामा बस्दै आएकी युनाले अमेरिकामा सेटल भइसकेका विकाश अधिकारीसँग विवाह गरेकी हुन् ।


No comments