निर्मला पन्त काे अामा बुवा काे उपचार टिचिङ अस्पताल मा उपचार हुदै
सिन्धुली मङ्सिर ९:
कञ्चनपुरका निर्मला पन्तका बुबा यज्ञराज पन्त उपचारका लागि काठमाडौं आइपुगेका छन् । उनलाई आइतबार साँझ काठमाडौंको त्रिवि शिक्षण अस्पताल लगिएको छ । केही दिनयता उनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको हो ।
यज्ञराजसँगै निर्मलाकी आमा दुर्गादेवी, यज्ञराजका भाइ र भिनाजु पनि काठमाडौं आएका छन् । हवाइजहाजले ल्याउन नमानेपछि यज्ञराजलाई शनिबार साँझ सडकमार्गबाट काठमाडौं ल्याइएको हो ।
दुर्गादेवीका अनुसार महेन्द्रनगरबाट धनगढी ल्याउँदासम्म यज्ञराजले गाडीमा एकोहोरो बोल्ने छटपटाउने गरेका कारण समस्या भएको थियो । त्यसपछि धनगढीस्थित सेती अञ्चल अस्पतालमा लठ्याउने सुई लगाएपछि उनी दिनभरी सुतेका थिए । आइतबार साँझ औषधीले काम गर्न छाडेपछि फेरि समस्या भएको उनले बताइन् ।
अहिले शिक्षण अस्पतालमा डाक्टरको निगरानीमा यज्ञराजको उपचार भइरहेको छ ।


No comments