मुख्य समाचार

दुधाैलि नपा ले ०७५/७६काे अनुमानि अाय विवरण सार्बजनिक

सिन्धुली साउन ३:

दुधौली नगरपालिकाको चौथो नगरसभाले आर्थिक वर्ष २०७५/७६ को अनुमानित आय विवरण सार्वजनिक गरेको छ । संघिय सरकार वितिय समिकरण अनुदान १७ करोड २० लाख रुपैया नगरलाई प्राप्त भएको छ । त्यस्तै संघिय सरकार सशर्त अनुदान २७ करोड १५ लाख रुपैया, प्रदेश सरकार वित्तिय समानिकरण अनुदान ८८ लाख ८१ हजार रुपैया, संघिय सरकार राजस्व वाडफाटले १३ करोड २२ लाख ८६ हजार रुपैया दुधौली नगरपालिकाको लागि छुट्याएको नगरले जनाएको छ ।

त्यस्तै प्रदेश सरकार सशर्त अनुदानले ३ करोड ६३ लाख ५० हजार रुपैया, प्रदेश सरकार सवारी कर बाडफाड ३ करोड ३ लाख ६१ हजार रुपैया रहेको दुधौली नगरपालिकाका प्रवक्ता रितेश राउतले बताए ।


त्यसैगरि साना सिचाई कार्यक्रम अन्तर्गत ३ करोड ५ लाख रुपैया, सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ९ करोड रुपैया, अन्य हस्तान्तरित कार्यक्रम र जन सहभागिताका लागि १ करोड ३६ लाख ३९ हजार रुपैया, आन्तरिक आय ५ करोड ५० लाख रुपैया रहेको छ । विभिन्न शिर्षकमा गरि नगरलाई आर्थिक वर्ष २०७५/७६ मा ८४ करोड ५ लाख १७ हजार रुपैया आउने भएको नगरका प्रवक्ता राउतको भनाई छ ।

No comments