मुख्य समाचार

अाेखलढुगा काे सुनकोसी गापा ले किरिया खर्च पाँच हजार र शिशु स्याहार खर्च एक हजार दिने

यहाँको सुनकोसी गाउँपालिकाले मृतकका परिवारलाई प्रति परिवार पाँच हजार रुपैया उपलब्ध गराउने भएको छ । मृत्युपछि गरिने संस्कार(किरिया) खर्च बापत गाँपालिकाले प्रति मृतक परिवार पाँच हजार रुपैया उपलब्ध गराउने भएको हो ।

गाउँपालिकाको पहिलो गाउँसभाबाट पारित बजेटबाट उपलब्ध गराईने रकम स्वीकृत गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका उपाध्यक्ष दुर्गा तामाङले पेश गरेको बजेटमा गाउँ सभाबाट पारित निर्णयमा मृत्युपछि हरेक मृतकका परिवारलाई संस्कार खर्चवापत पाँच हजार नगद उपलब्ध गराइने उल्लेख गरिएको छ । समुदायमा चल्दै आएको परम्परागत संस्कार, संस्कृतिलाई जोगाउन तथा आर्थिक स्तर कमजोर भएका व्यक्तिलाई सहयोग पुर्याउने हेतुले यस्तो कार्यक्रम ल्याईएको गाउँपालिकाका अध्यक्ष रुद्र अधिकारीले बताए ।

ओखलढुंगाँका आठ स्थानीय तहमध्ये यस्ता खाले कार्यक्रम ल्याउने सुनकोसी गाउँपालिका सम्भवत पहिलो स्थानीय तह बनेको छ । यसले बिहान बेलुका छाक टार्न धौधौ पर्ने स्थानियमा राहात पुग्ने अपेक्षा लिइएको छ । त्यस्तै गाउँपालिकाले गाउँपालिकाभित्र काममा लगाइने मजदुरको न्यूनतम ज्यालासमेत निर्धारण गरेको छ । गाउँ सभाले दैनिक तीन सय रुपैंयाभन्दा कम र मासिक रुपमा नौ हजारभन्दा कम रकम दिएर ज्यालादारीमा काम लगाउन नपाइने नीति ल्याएको हो ।

मजदुरको श्रम शोषण गर्ने गरेको पाइएपछि यस्तो निर्णय गरिएको अध्यक्ष अधिकारीले बताए । गाउँपालिकाले नवजात शिसुको जन्मपछि गरिने स्याहार खर्च समेत एक हजार रुपैया दिने निर्णय गरेको छ । बच्चाको स्याहार गरेर बच्चा राख्न प्रोत्साहन गर्ने उद्देश्यले बच्चा जन्मेर जन्म दर्ता गरेपछि एक हजार दिइने नीति ल्याईएको गाउँपालिकाले जनाएको छ ।

No comments