याैन शक्ति बढाउन भियतनाम मा सर्प काे मासु खानछ्न्
सिन्धुली असाेज ५:
भियतनाममा भने सर्पको मासु खाने चलन छ । सर्प खाने आँट भएका मानिसहरुलाई भियतनाम गज्जबको स्थान हुनसक्छ । जङ्गलबाट समातेर ल्याइएका सर्पलाई काटिन्छ तर जीवितै राखिन्छ ।
पछि उम्लिरहेको पानी खन्याएर तिनलाई मारिन्छ । त्यसपछि सफा गरेर, काटकुट पारेर भुटिन्छ र लेमन ग्राँस र खोर्सानीसहित पस्किइन्छ । एक स्थानीयले आफूलाई सर्पको मासु निकै मनपर्ने बताउँछन् । उनी भन्छन्, ‘सर्पको मासु स्वादिष्ट हुन्छ । मलाई धेरै मनपर्छ । सर्पको मासु खाँदा हामीले सर्पको रगत, पित्त वा मुटुसँग मदिरा पिउनै पर्छ । ’ सर्पको छालादेखि केही पनि खेर जाँदैन ।
सर्पको मासु र रगतले यौनशक्ति बढाउँछ भन्ने मान्यता छ । तर ५० वर्ष माथिका पुरुषले मात्र पिउनुपर्ने बताइन्छ । कम उमेरमा मान्छेमा भने यसले नपुंसकता हुनसक्ने त्यहाँका स्थानीय बताउँछन् । स्थानीय मानिसहरु भन्छन्, ‘सर्पको मासुले टाउको दुखेको निको हुन्छ ।
खाएको पच्छ र हड्डी बलियो हुन्छ ।’ तर सर्प मार्दा जङ्गलको इकोसिस्टम बिग्रन्छ । फोर् पज् इन्टरनेशनलकी इयोना डुङ्ग्लेर भन्छिन्, ‘यी जीवबाट खाने र पिउने पदार्थ बनाउने पूरै प्रक्रिया धेरै कष्टप्रद छ । र यो जेका लागि गरिन्छ त्यो युक्तिसंगत छैन ।


No comments