मुख्य समाचार

जेठ ५गते सम्म लकडाउन काे समय थपियाे


सिन्धुली बैसाख २४गते 
 सरकारले बन्दाबन्दी अर्थात् लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण हुन नदिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन बिहीबार २५ वैशाखमा सकिँदै थियो ।


अवस्था र स्थान हेरी केही खुकुलो गर्न माग भइरहेका बेला सरकारले ११ दिन अरु थपेको हो ।
मुलुकमा कोरोनाको संक्रमण देखिएपछि सरकारले चैत्र ११ गतेबाट देशव्यापी लकडाउन गरेको थियो । त्यसयता पटक पटक थपिएको बन्दाबन्दीको समय यही बैशाख २५ मा सकिँदै थियो ।

No comments