सेना काे हेलिकप्टर बाट २५ शस्त्र प्रहरी लिपुले जादै
सिन्धुली बैसाख ३१ गते
लिपुलेकमा भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीबलको टोली दार्चुलाको व्यास गाउँपालिका-१ स्थित छाङरु पुगेकाे छ । सशस्त्र प्रहरी टोली आज (बुधबार) बिहान काठमाडाैंबाट सेनाकाे हेलिकाेप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेको थियाे ।
केही दिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेको थियो । त्यसपछि चाैतर्फीरूपमा भारतकाे विराेध हुँदै आएको छ ।सीमा निगरानीका लागि प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा छाङरुमा २५ जना सशस्त्र प्रहरी बलकाे टाेली पुगेकाे छ । सरकारले गत मङ्सिरमा नै त्यहाँ बिओपी राख्ने निर्णय गरेको भए पनि अहिलेसम्म स्थापना हुनसकेको थिएन ।
छाङरु भारतीय सीमाबाट एक किलोमिटरको दूरीमा पर्छ भने चीनको सीमा क्षेत्र १४ किलोमिटरको दूरीमा छ । स्थानीय एक व्यक्तिको घर भाडामा लिएर विओपी बस्नेछ । उक्त गाउँमा १०५ घरधुरी रहेको छ ।तत्कालीन अवस्थामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १०७ बिओपी थियो । मङ्सिरमा सरकारले ११४ बिओपी स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि जम्मा १३ स्थानमा मात्रै बिओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले जानकारी दिनुभयाे




No comments