सिन्धुली काे दुधाैलि नपा मेयर ले हस्ताक्षप गरेकाे भनदै का ९नम्बर वडा अध्यक्ष सेवा सुविधा फिर्ता गरे
सिन्धुली साउन २६:
वडाध्यक्षको अधिकारमाथि नगर प्रमुखलेले ठाडो हस्तक्षेप गरेको भन्दै सिन्धुलीको दुधौली नगरपालिका-९ का वडाध्यक्ष रामकुमार अधिकारीले प्रमुखलाई ९ बुँदे पत्र लेख्दै आफूले प्रयोग गर्दै आएको सेवासुविधा फिर्ता गरेका छन् ।
शुक्रबार नगरपालिकाका पुगेको वडा सदस्यसहितको टोलीले सेवाबापत प्रयोग गर्दै आएको स १ ब ७९० नम्बरको मोटरसाइकल, १ वटा मोबाइल र झोला फिर्ता गरेका हुन् । सेवा सुविधा फिर्ता गर्दै वडाध्यक्षको टोलीले ९ बुँदे ध्यानाकर्षण पत्र नगर प्रमुख धनश्याम राउतलाई लेखेको छ। वडामा हुने गरेका काम कारबाहीबारे आफूलाई कुनै जानकारी नदिई गर्ने गरेको भन्दै वडाध्यक्षले आक्रोश पोखेका छन् ।
आवश्यक तयारीबिना एकीकृत सम्पत्ति कर लागू गरेको, पुराना घरहरुको फेरि नक्सा पास गराउन लगाएको, कर्मचारी नियुक्तिमा नातावाद लागू गरेको, उपस्वास्थ्य चौकीको भवनमा थाहै नदिई कबर्डहल निर्माण गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । आफूखुसी सामान खरिद गरेको, सार्वजनिक जग्गामा व्यक्तिवादी निर्णय गरेको, ऐलानी जग्गामा नाप नक्सामा मनपरी रकम असुलेको, भत्ता रकम सार्वजनिक नगरिएको उल्लेख गरिएको छ ।
यसबारे बुझ्न दुधौली नगरपालिकाका नगर प्रमुख धनश्याम राउतसँग बुझ्न खोज्दा उनले फोन नै उठाएनन् । नगरका प्रमुख र उपप्रमुख कार्यालयमा उपस्थित नभएको र पटक-पटक अनुरोध गर्दा पनि बेवास्ता गरेका कारण सेवा सुविधा फिर्ता गरेको वडाध्यक्ष अधिकारीको भनाइ छ । त्यसैगरी नगरका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र पौडेलले मनोमानी गर्ने, योजनाका काममा पनि कमिसन नदिएपछि फाइलफर्स्र्योटमा ढिलासुस्ती गर्ने गरेको पनि अधिकारीको आरोप छ।
उनले अधिकृत दीपेन्द्र पौडेल प्रशासकीय अधिकृत शासकीय अधिकृत बन्न खाजेको आरोप लगाएका छन् । सेवा सुविधा फिर्ता गर्न टोली पुग्दा प्रमुख प्रशासकीय अधिकृत पनि अनुपस्थित रहेको पाइएकाले सामाजिक शाखाका मल्लब अधिकारीलाई वडाध्यक्षले सामाग्री फिर्ता गरेका थिए। सामाग्री बुझ्दै अधिकारीले लोकतान्त्रिक अधिकारस्वरूप वडाध्यक्षको कदमलाई आफूले सम्मान गर्ने बताएका थिए।
वडाध्यक्षको कामलाई सम्पूर्ण वडावासीले साथ दिएका छन् । वडामा भएका कामकारबाहीबारे वडाध्यक्षलाई नै थाहा नदिनु दुर्भाग्य भएको उनीहरूले बताएका छन् । त्यसैगरी आर्थिक वर्ष ०७४/७५ मा आएको बजेट कहाँ कति खर्च भयो समेत अहिलेसम्म नगर प्रमुखले नदेखाएको दुधौलीनगरवासीले बताउँदै आएका छन्


No comments