२०७५/५/१६गते भदौ शनिबार काे राशिफल हेर्नुस्
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन सङ्ग्रह गर्न सकिनेछ । विद्यार्थीहरूले मेहनत गरी राम्रो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ ।
वृष (ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा) : कामको सिलसिलामा लामो दुरीको यात्रा हुने योग रहेको छ । बिदशी सामानको व्यापार व्ल्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरूका लागि आजको दिन फलदायि रहनेछ । काम गर्दा विशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तहरू टाढिनेछन् । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : व्यापार व्यवसाय फस्टाएर जानेछ भने धनआगमनको गतिलो योग रहेको छ । बैक तथा वित्तीय क्षेत्र सँग सम्बन्धित कारोबारहरू बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय राम्रो रहेको छ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत मनग्गे आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ ।
कर्कट(ही,हु,हे,हो,डा,डी,डु,डे,डो) : दिनभर श्रम गरे पनि उचित प्रतिफल नपाउँदा मन खिन्न हुनेछ । व्यापार व्यवसायमा प्रशस्त समय लगानी गरे पनि भने जस्तो आम्दानी नहुँदा आर्थिक अवस्था नाजुक हुनेछ । कामको लागि धेरै समय दौडधुप गर्नु पर्नेछ भने दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेको छ । पैतृक सम्पत्तिको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्य यम रहेको छ । प्रेममा धोका हुन सक्छ ख्याल गर्नुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने सफलता पूर्वक जिम्मेवारी सम्पादन गर्न सकिने हुनादे नाम तथा दाम दुवै कमाउन सकिनेछ । साथीभाइ तथा आफन्तका साथ रमाइलो वातावरणमा दिन बित्नेछ । पढाई लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीमा हरू भन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । सरकारी क्षेत्रमा तपाईँको गतिलो उपस्थितिले समाजमा छुट्टै पहिचान बनाउन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : व्यापार व्यवसायमा लगानी नगर्नु नै उचित हुनेछ आजको दिन घाटा लाग्ने योग रहेको छ । परिवारमा आफन्त तथा पति पत्नीबिच विवाद बढ्नेछ भने माइती चेलीबिचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरुनै लागि पर्नेछन् । कामहरू समयमा सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेको छ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरू सुल्झाउँन असजिलो हुनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजाँदा अरू भन्दा पछि परिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ । पढाई लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ । प्रेममा नजिक भई रमाउन सकिनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : जीवनशैली व्यस्त रहे पनि आर्थिक पक्ष कमजोर रहनेछ । कुनै पनि विवादमा सामेल नहुनु होला हुलमुलमा फस्ने तथा नराम्रा परिणामको सामना गर्नु पर्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । माया प्रेममा चिसोपनको विकास हुनेछ ध्यान दिनुहोला । आफन्त तथा मामा मावली पक्षसँग नजिक नहुनु तथा आजको दिन सँगै काम नगर्नु नै राम्रो रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुँदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाइकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउँदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ । शिक्षा तथा शिक्षा पेसाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : घरायसी समस्या एक्कासि बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमा सँग टाढिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाइने छैन । कृषि तथा सहकारी व्यावासायमा भने मनग्गे आम्दानी हुने योग रहेको छ । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिए पनि नतिजाको लागि केही समय कुर्नु नै पर्नेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा) : छोटो यात्रा भए पनि उपलब्धि कमै हुनेछ । बन्द व्यापारमा समय खर्चिए पनि भनेजस्तो आम्दानी नहुने हुनाले आर्थिक रूपमा पछि परिनेछ । प्रतिस्पर्धामा बढिनै तयारी गरेर सामेल हुनुहोला अरूभन्दा कमजोर साबित हुने योग रहेको छ । माया प्रेममा अरूकै कुरा सुन्ने बानीले समस्या निम्तिन सक्छ । अग्रजबाट हुने फैसला तपाईँको तपाईँको पक्षमा नहुन सक्छ । दाजुभाइ सँग घरायसी कुरामा विवाद हुने ग्रहयोग रहेको छ ध्यान दिनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : तपाईँको कामको धेरैले प्रशंसा गर्नेछन् भने विशिष्ट व्याक्तिहरुबाट सम्मानित हुने ग्रहयोग रहेको छ । तार्किक क्षमतामा वृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानी बढाउन सकिनेछ । गाएन तथा सङ्गीतको क्षेत्रमा लागि नाम कमाउनेहरूका लागि नयाँ नयाँ अवसर आउनेछ । पारिवारिक माहौलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमले सकारात्मक मोठ लिनेछ भने कुटुम्ब सँगको सम्बन्ध सुदृढ भएर जानेछ ।


No comments