त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा नेपाल वायुसेवा काे जहाज चरासग ठाेकियाे
सिन्धुली भदौ २२:
राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको ३२० सिरिजको एयरबसमा विहिबार चरा ठोक्किएपछि जहाज ग्राउन्डेड भएको छ । मलेसियाबाट काठमाडौं आएको जहाजमा बिहीबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा चरा ठोक्किएको नेपाल वायु सेवा निगमले जनाएको छ ।
निगमले जहाजको मर्मत कार्य भइरहेको र एक दुई दिनमै नियमित उडानमा भर्ने निगमले जनाएको छ । चरासँग ठोक्किएको जहजाको पखेटामा सामान्य क्षति पुगको छ ।
जहाजमा कुनै पनि प्रकारको प्राविधिक क्षति पुगेको अवस्थामा जहाज निर्माता कम्पनीले दिने ’म्यानुफ्याक्चर मेन्टिनेन्स म्यानुअल’का आधारमा मात्रै मर्मत गर्नुपर्ने हुँदा मर्मतकार्य केही ढिला भएको निगमको भनाइ छ । जहाजको बिमा भएकोले मर्मतको खर्च निगमको नहुने निगमले जनाएको छ ।


No comments