मुख्य समाचार

सिन्धुली गढि विजयी उत्सव दाैंड प्रतियाेता मा रामसुन्दर कार्की विजयी

सिन्धुली कात्तिक २६:

ललितपुरका धावक रामसुन्दर कार्कीले खुर्कोटदेखि सिन्धुली गढीसम्मको २५ किलो मिटर दूरी २ घण्टा समय लगाएर पूरा गरेका छन् । दुर्गम स्थानमा अस्पताल भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको दौंड काकीले जम्मा दुई घण्टामा पुरा गरेका हुन् ।


कार्कीले २५१ औं सिन्धुली दिवसका अवसरमा कमलामाई नगरपालिकाले आयोजना गरेको कार्यक्रम स्थलमा पुगेपछि दौड टुंगाएका थिए । सो अवसरमा कमलामाई नगरपालिकाले कार्कीलाई नगदसहित सम्मान पनि गरेको थियो । कार्कीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रप्रसाद अधिकारीले नगद ५ हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका थिए ।


दौडबाट संकलन हुने रकम कालिकोटको रासकोटमा बन्न लागेको स्मार्ट अस्पतालका लागि सहयोग स्वरुप हस्तान्तरण गर्ने कार्कीले जनाएका छन् । कार्कीको दौडलाई रुसलान एफएमले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा गोदावरी नगरपालिका, गणेशमान अस्पताल, अक्सब्रिज कलेज, देउसी भैलो ग्रुप, गोदामचौर, ललितपुर निर्माण व्यवसायी, दरबार स्क्वायर मनिचेन्जर, गोदावरी नगरपालिका वडा नं १ का अध्यक्ष हरिहर कार्कीलगायत रहेका छन् ।

No comments