काठमाडौ काे गाेंगबु बसपार्क बाट पेस्तोल सहित गुन्डा नाईके पक्राउ
सिन्धुली माघ ८:
गोंगबु मित्रनगरमा हतियार कारोबारी एक आरोपीलाई पक्राउ गर्ने क्रममा मंगलबार साँझ प्रहरीले गाेली चलााएकाे छ । गोंगबुको लक प्रालि गेष्ट हाउसकाे १०४ नम्बर काेठामा बसेका अभिषेक तामाङलाई महानगरीय प्रहरी परिसरको टोलीले गोली हानी नियन्त्रणमा लिएको हो । प्रहरी पुगेपछि तामाङले गाेली हान्न थालेपछि प्रहरीले उनकाे खुट्टामा गाेली हानेर नियन्त्रणमा लिएकाे जनाएकाे छ । तामाङको साथबाट एकथान चाइनीज पेस्तोल र ६ राउण्ड गाेली बरामद भएकाे महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशाेक सिंहले जानकारी दिए । उनलाई उपचारका लागि शिक्षण अस्पताल लगिएको छ ।



No comments