मुख्य समाचार

अाज पाकिस्तान ले कब्जा गरेकाे भारती लडाकु विमानचालक लाई रिहा गर्ने

सिन्धुली फागुन १७:
पाकिस्तानी वायूसेनाले कब्जामा लिएका भारतीय पाइलट अभिनन्दन वर्तमान रिहा हुने भएका छन् । पाकिस्तानी प्रधानमन्त्री इमारान खानले संसदमा संवोधन गर्दै यस्तो घोषणा गरेका हुन् हिजो पाकिस्तानले आफ्नो क्षेत्रमा आएको भारतीय लडाकु बिमानमाथि आक्रमण गरेर खसालेको थियो । यस क्रममा पाइलट अभिनन्दन पक्राउ गरेका थिए । भारतले उनलाई छुटाउन कुटनीतिक प्रयास गरेको थियो । संसदमा बोल्ने क्रममा प्रधानमन्त्री खानले ‘पिस गेस्चर (शान्ति संकेत)’ का रुपमा पाइलटलाई शुक्रबार रिहा गर्न लागिएको बताए । प्रधानमन्त्री खानले भने, ‘हामीले भारतलाई चिठी लेखेर विदेशमन्त्रीहरु भेट्नुपर्छ भन्यौं, तर हामीलाई राम्रो जवाफ आएन । हामीलाई लाग्यो कि यसको जवाफ नआउनुको कारण भारतको आसन्न चुनाव हो ।

 उनीहरुको चुनावी एजेन्डामा हामीसँग सम्वन्ध राम्रो राख्ने कुरै हुँदैन ।’ पुलवामा आक्रमणमा भारतले पाकिस्तानमाथि निराधार रुपमा आरोप लगाएको उनले बताए । ‘हामीलाई यसबाट के प्राप्त हुन्थ्यो ? हामीले भारतलाई अनुसन्धानमा सहयोग गर्ने कुरा गरौं । हामी आफ्नो भूमिमा आतंकवादलाई अनुमति दिँदैनौं ।’ उनले अगाडि भनेका छन्, ‘हामीले आफैं देखेका छौं कि आतंकले के हुन्छ । हामी पिडित हौं । मलाई अफसोस छ कि भारतीय मिडियाले अत्यन्त केटाकेटी रवैया देखाए । उनीहरुलाई थाहा छैन युद्धको नोक्सानी । हाम्रो मिडिायाले ७० हजार मानिसहरुको आतंकका कारण मृत्यू भएको देखेका छन् । त्यसैले उनीहरु जिम्मेवार छन् ।’ आज भारतले जे गरिरहेको छ, आसन्न चुनावलाई हेरेर गरिरहेको छ । जब भारतले पाकिस्तानमा हमला गर्‍यौं, मलाई बिहानै थाहा भयो । हामीले सेना प्रमुखसँग कुरा गर्‍यौं । हामीले कसैको मृत्यू नभएको खबर पायौं । त्यसपछि निश्चय गर्‍यौं कि हामी केही गर्ने छैनौं । यदि कसैको पनि मृत्यू भएको छैन भने हामी किन कसैलाई मार्ने ? यो गलत हुन्छ । हामीले एक जिम्मेवार देशको रुपमा यो देखायौं कि हमलाको विषयमा भने चुप बस्ने छैनौं ।

No comments