फागुन १०गते शुक्रबार काे राशिफल हेर्नुस्
मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। चिताएको काम बन्नेछ भने अवसरले राम्रै लाभ दिलाउनेछ।जश्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। शुभचिन्तकहरूको सहयोग जुटे पनि सानो कमजोरीले विवाद हुनेछ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। मौका पर्खंदा स्थितिमा सुधार आउनेछ।
बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ।अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।व्यवसायमा लगानी बढाउनुपरे पनि लागेको मूल्य उठाउन सकिनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
मिथुन मनमा संकोचित विचार बढ्नसक्ने तथा कसैसँग मनमुटाव हुनसक्ने पनि सम्भावना प्रतित भइरहेको छ ख्यालपुर्याउनु होला ।पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। बेलैमा होस नपुग्नाले फाइदा गुम्ने देखिन्छ। करकापमा परी काममा जुट्नुपर्ने वा विशेष निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ।
कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।। आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। चिताएको काम बन्नेछ भने अवसरले राम्रै लाभ दिलाउनेछ।
सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। रुचिका विषय वा क्षेत्रमा लगानी समेत बढाउन सकिनेछ।
कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। कामको चाप बढ्नेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। तत्काल फाइदा नहुने काममा जुट्नुपरे पनि उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला।
तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला।विगतका कमजोरी बाहिर आउनाले समस्या पर्ला। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्ला। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।
बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। वादविवादले घर-गृहस्थीमा समस्या निम्त्याउने देखिन्छ। अर्थअभावले सताउन सक्छ। यात्राको प्रक्रियाले पनि खर्च बढाउनेछ।
धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्गे फाइदा हुनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ।शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि आफ्नो लाभांश अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ। मिहिनेतको फाइदा अरूले उठाउने चेष्टा गर्न सक्छन्, सजग रहनुहोला। पछिका लागि गरिएको लगानीले भने फाइदा दिनेछ।अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। फाइदा लिन समय प्रतीक्षा गर्नुपर्ला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द आम्दानी रोकिन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउनेछन्। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिएलान्।प्रतिस्पर्धी र शत्रु सक्रिय हुन सक्छन्, त्यसैले आँटेका ताकेका काममा गोपनीयता कायम राख्नुपर्छ ।आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्।




No comments