भतिजो ले दाउरा प्रहार गर्दा काका काे ज्यान गयाे
सिन्धुली असार २५गते
आफ्नै भतिजले दाउरा प्रहार गरी काकाको ज्यान गएको छ । भेरी नगरपालिका–१३ कुदुमा भतिजाले दाउरो प्रहार गर्दा काकाको ज्यान गएको हो ।
मंगलबार बिहान स्थानीय गीता सुनारको घरमा ३५ वर्षीय मानबहादुर सुनारले ४५ वर्षीय आफ्नै काका मोहन विकलाई दाउरो प्रहार गर्दा काका मोहनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
गीताको घरमा उनका आफन्तले ल्याएको कोसेली ९ नाँसो० खाना भाई, छोरा जम्मा भएको समयमा मदिरा सेवनगरी विवाद हुँदा दाउरो प्रहार भएको प्रहरीको भनाइ छ।



No comments