मुख्य समाचार

सिन्धुली माढि काे बजार क्षेत्र र संवेदनशील स्थानमा २८सिसि क्यामरा जडान २४ सै घण्टा निगरानी

सिन्धुली भदौ ३गते नवराज प्रसाई 

सिन्धुली काे सदरमुकाम सिन्धुली माढि काे बजार क्षेत्र र सरकारि कार्यालय र बसपार्क र संवेदनशील क्षेत्रमा साेमबार बाट २८सिसि क्यामरा जडान गरियकाे छ।सिसि क्यामरा बाट यी क्षेत्रमा मा अब २४घण्टा सुरक्षा निगरानी राखिने सिन्धुली का प्रहरी उपरीक्षक चक्र बहादुर सिह ले बताउनु भयाे ।



सिसि   क्यामरा जडान काे उद्घाटन कमला माई नगर पालिका का मेयर खड्क बहादु खत्री ले गर्नु भयकाे थियोे ।उद्घाटन मा बोल्नु हुदै  मेयर ले अाधुनि तरिका ले अपराध लाई प्रहरी ले अनुसन्धान गर्न सजिलो हुने बताउनु भयाे ।सिन्धुली काे संवेदनशील क्षेत्र मा प्रहरी सग सहकार्य गरि अन्य ठाउँमा पनि सिसि क्यामरा जाेडने बताउनु भयाे ।



सडक मा साेलार बति र सिसि क्यामरा जडान गर्न नगरपालिका ले बजेट नै छुटायकाे थियो ।यश भन्दा पहिले पनि सदरमुकाम मा सिसि क्यामरा जडान गरेकाे थियोे तर प्रभाव कारि भएको थिएन ।

1 comment:

  1. Cc camera ko kura xodhdinush nagarpalika bhirw ko kachi bato poila pij garnush nagar pramukh jiu

    ReplyDelete